बाजुराबाट ३ करोडको कोदो बाहिरीयो !

  बिहिबार ०३, फागुन २०८० ०६:३१

बाजुरा । दुर्गम जिल्ला रहेको बाजुराले कृषि बस्तु निर्यातको सूरुवाती गरेको छ । कृषकहरुले अनुदान पाउन थालेपछी उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो ।

जसमा बाजुरा जिल्लाबाट २०८०/८१ को आर्थिक बर्षमा मात्रै ६ करोड भन्दा बढिको कृषि वस्तु निर्यात गरेको तथ्याकं रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ मसान्तसम्म रु ६ करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको पाईन्छ ।

चालु वर्षको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबारको स्याउ, १६ लाख बराबारका मकै र ३६ लाख बराबरको सिमी जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए ।

जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएको २२ हजार कुईन्टल कोदो जिल्ला बाहिर निर्यात भएको छ,जसको मुल्य ३ करोड रुपिया कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।

बाजुरामा उत्पादन भएको २ सय कुईन्टल स्याउ निर्यात हुदा कृषकले २० लाख रुपिया आम्दानी गरेका छन ।

clock बिहिबार ०३, फागुन २०८० ०६:३१

प्रतिक्रिया