लम्की महोत्सवको आम्दानी १६ लाख ३० हजार

  आइतबार २८, माघ २०८० १०:००

धनगढी । कैलालीको लम्कीमा आयोजना गरिएको महोत्सवबाट १६ लाख ३० हजार आम्दानी भएको छ। लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गर्दै शनिवार आम्दानी रकमको विषयमा जानकारी दिइएको हो।

‘शिक्षा र सूचना विकासको अभियान, कृषि व्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने नारासहित सामुदायिक रेडियो पश्चिम आवाजले महोत्सवको आयोजना गरेको थियो। 

पुस ५ गतेदेखि १६ गतेसम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर ५५ लाख ७३ हजार पाँच सय बराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका उपसंयोजक एवम् आर्थिक संयोजक दीपककुमार तिमिल्सेनाले बताए।

एक लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको थिए। महोत्सवबाट १६ लाख ३० हजार आठ सय ३८ बचत भएको आर्थिक संयोजक तिमिल्सेनाले पत्रकार सम्मेलनमा बताए।

महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरोन्नति, उपकरण खरिद र भवन निर्माणमा खर्च गरिने भएको छ। १२ दिनसम्म सञ्चालन भएको उक्त महोत्सवले लम्की क्षेत्रको कृषि, पर्यटन र व्यापारको प्रवर्धन गर्नु गरेको तर्क आयोजकको छ। 

उनीहरूले लम्की क्षेत्रको सुस्त रहेको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव भूमिका महोत्सवको रहेको मूल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताए। महोत्सवमा आम्दानको रकममध्ये १० लाख बढी उठ्न बाँकी रहेको छ ।

clock आइतबार २८, माघ २०८० १०:००

प्रतिक्रिया