पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ? (मूल्यसूचीसहित)

  बुधबार १७, माघ २०८० २१:११

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ।  यसैगरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

निगमका अनुसार बुधवार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु ४.५३ र रु २.३२ ले बढेर भएको छ ।

यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँ ७८ पैसा बढेर आएको निगमले जनाएको छ । 

सोहीअनुसार निगम सञ्चालक समितिको बैठकले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल तथा मट्टितेलमा क्रमशः ४ र २ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी डिजेल तथा मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम हुँदा ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ कायम भएको छ। 

clock बुधबार १७, माघ २०८० २१:११

प्रतिक्रिया