मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेश सभामा एक युवकको मौन अनशनमा

  सोमबार २९, जेठ २०८० १३:११     विश्वास खबर

धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको माग गर्दै एक युवक मौन अनशन बसेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्धवारमा अनशनमा बसेका हुन्। उनी मौन अनशनमा रहेका छन्।

 गेटामा ६ सय श्ययाको अस्पताल सञ्चालनको माग गर्दै धनगढीको गर्मीमा पनि उनी प्रदेशसभाको प्रवेश द्धवारमा छन् । सोमवार बिहानदेखि उनी अनशनमा बसेका हुन्। 

गेटामा विश्व विद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी छ। आइतवार प्रदेशमा आमहड्ताल गरिएकोमा आज २ बजेबाट प्रदेश सभा अगाडि प्रदशर्न गरिदैछ। प्रदेश सभाका सदस्यहरुलाई सभामा प्रवेश गर्न निषेध गरिने बताइएको छ।

clock सोमबार २९, जेठ २०८० १३:११     विश्वास खबर

प्रतिक्रिया