हेभी इक्विपमेन्ट व्यवसायी महासंघको केन्द्रीय सदस्यमा साउँद निर्वाचित

  आइतबार १८, जेठ २०८२ ०७:११

धनगढी ।  नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको हालै सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशन तथा छैठौं साधारण सभाबाट सुदूरपश्चिमका लक्ष्मण बहादुर साउँद केन्द्रीय समितिको सदस्यमा निर्वाचित भएका छन्। 

महासंघको २०८२ बैशाख १८ गते सम्पन्न महाधिवेशनले साउँदलाई सर्वसम्मत रुपमा नयाँ कार्यसमितिका सदस्यमा चयन गरेको हो। निर्वाचन समितिले प्रमाणपत्र प्रदान गर्दै साउँदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले निर्माण व्यवसायसँग जोडिएका हेभी इक्विपमेन्ट व्यवसायीहरूबीच समन्वय, समृद्धि र नेतृत्व विकासको कार्य गर्दै आएको छ।

clock आइतबार १८, जेठ २०८२ ०७:११

प्रतिक्रिया