बाजुराकी धना वादीलाई ५५ वर्षको उमेरमा नागरिकता

  बिहिबार ०१, जेठ २०८२ ०९:१०

बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।

सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन।

नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा उनले नागरिकता प्राप्त गर्न सकेकी थिएनन्। माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा पुगेकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी हुन्।

प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन। नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए।

नागरिकता नहुँदा उनी राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट वञ्चित भएकी थिइन्।

clock बिहिबार ०१, जेठ २०८२ ०९:१०

प्रतिक्रिया