बझाङमा जोत्दै गरेको गोरुसहित लड्दा एकजनाको मृत्यु
बझाङ । जोत्दै गरेको गोरुसहित लड्दा बझाङमा एक जनाको मृत्यु भएको छ । एक हल गोरु पनि मरेका छन् ।
बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको हो । भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए ।
मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए ।
प्रतिक्रिया