साइन नेपाल द्वारा प्रशासन कार्यालय कैलालीलाई एलइडी टिभी सहयोग
डोटी । प्रशासन कार्यालय कैलालीलाई एक गैरीसरकारी सस्थाले एलइडी टिभी सहयोग गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले जिल्ला प्रशासन कार्यालय कैलालीलाई एलइडी टिभी सहयोग गरेको हो ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीको शभाहलका लागि ६५ इन्चको एलइडी टिभी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण हरीएको हो ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पालिकाहरूमा शिक्षा, स्वास्थ्य, आय–आर्जन, कृषि र आपतकालिन क्षेत्रमा निरन्तर जनता माझ प्रत्यक्ष गएर कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया