कैलाली कञ्चनपुरका सीमामा लुटिँदै घर फर्किने नेपाली

  आइतबार २८, बैशाख २०८२ १०:४२

धनगढी । भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी नाकामा नेपालीहरुले चेकजाँचका क्रममा लुटिने गरेको गुनासो गरेका छन् ।

भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको कारण नेपालीहरु धमाधम घर फर्किरहेका थिए । कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवतजावत गर्ने नेपालीहरुले निक्कै समस्या भोग्नु परेको बताएका छन् । 

नाकाम चेकजाँचको क्रममा भारतीय सुरक्षा कर्मीहरुले अनावश्यक दुःख दिएर पैसा समेत लिने गरेको नेपालीहरुको गुनासो छ ।

कैलालीको त्रिनगर भन्सार नाकामा परिचय पत्र देखाउदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपियाँ लिएको भारतबाट नेपाल र्फकेका कैलालीका अर्जुनबहादुर पार्कीले बताए ।

clock आइतबार २८, बैशाख २०८२ १०:४२

प्रतिक्रिया