सुदूरपश्चिमका मुख्यमन्त्री शाह द्धारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरुसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत विविध विषयमा छलफल गर्नुभएको छ ।
शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेशको शान्ति सुरक्षा सम्बन्धी समसमायिक विषय छलफल गर्नु भएको हो ।
छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपारिधिक क्रियाकलाप नियन्त्रणका र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको थियो । साथै सीमा क्षेत्रमा बढाइएको सुरक्षा निगरानीका विषयमा छलफल भएको छ ।
सीमामा हुने लागुऔषध नियन्त्रण, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटनाहरु बढी रहेको अवस्थामा सीमा निगरानी कडाइका सुरक्षा निकायले बताएका छन । लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीहरुलाई समात्न सुरक्षाको प्रभावकारितालाई बढाइएको सुरक्षा निकायले बताएका थिए ।
छलफलमा विभागिय मन्त्रीहरु, विभागिय सचिब, प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायमा प्रतिनिधिहरु डम्बर बहादुर बि।क। प्रहरी नायव महानिरिक्षक सुदूरपश्चिम प्रहरी कार्यालय, प्रदिप कुमार पाल, नेपाल सशस्त्र प्रहरी नायब महानिरिक्षक–स.प्र.बल ७ नं. वैद्यनाथ बाहिनी, अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान सु.प. प्रदेश कार्यालय, बाल नरसिंह राणा, प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय, कैलाली, खडक बहादुर खत्री, प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय, कन्चनपुर, सशस्त्र प्रहरी उपरीक्षक स.प्र. बल नेपाल ३४ नं। गण, धनगढी, कैलाली र सशस्त्र प्रहरी उपरीक्षक स।प्र।बल नेपाल ३५ नं. गण, झलारी, कन्चनपुरको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया