डडेल्धुरामा अटाको ठक्करबाट बालकको मृत्यु

  शुक्रबार २७, बैशाख २०८२ ०६:३६

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो। 

बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो। 

विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोरिक्साका चालक भने फरार छन्। 

clock शुक्रबार २७, बैशाख २०८२ ०६:३६

प्रतिक्रिया