कैलालीको हसुलियामा गोरुले हान्दा एक जनाको मृत्यु

  बिहिबार १९, बैशाख २०८२ ०८:४७

धनगढी । कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ।

बुधवार कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले हान्दा गम्भीर घाइते भएका थिए। 

टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

clock बिहिबार १९, बैशाख २०८२ ०८:४७

प्रतिक्रिया