कैलालीको डुडेझारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते
धनगढी । कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बुधबार जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किए दुर्घटना भएको हो ।
दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अर्का मोटरसाईकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया