भारतबाट लागु औषध ल्याईरहेका पुनर्वासका सिमान्त र सुमन पक्राउ
कञ्चनपुर । भारतबाट लागु औषधजन्य औषधी नेपाल भित्र्राईरहेका दुई पुनर्वास नगरका दुई युवक पक्राउ परेका छन । सोमबार १५ बैशाखमा सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका ९ विचफाँटाबाट भारतदेखि स्कुटरमा लागु औषध नेपाल भित्र्राईरहेको अवस्थामा पक्राय परेका हुन ।
सशस्त्र प्रहरीले पक्राउ गरेका युवकलाई प्रहरीको जिम्मा लगाएको थियो ।कञ्चनपुर प्रहरीका अनुसार भारतबाट स्कुटमा नेपाल आउने क्रममा चेकजाँच गर्दा पुनर्वास नपा ४ (घ) गाँउका सिमान्त गैर र सुमन शर्मा पक्राउ परेका थिए ।
उनीहरुको साथबाट २९ट्यालेट नाईटोभ्याट र ९४ क्याप्सुल स्पास्मो बरामद गरिएको छ । स्कुटर चालक गैर र सवार शर्मा ईप्रका त्रिभुवन बस्तीको नियन्त्रणमा छन ।
ईप्रका त्रिभुवनबस्तीका इन्चार्ज महेश विक्रम शाहीले अनुसन्धान भईरहेको बताए । पछिल्ला दिनहरुमा कञ्चनपुरमा प्रहरी र सशस्त्र प्रहरीले लागु औषध निर्मूल अभियान सकृय बनाएको छ ।
प्रतिक्रिया