सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका बिरामीको मृत्यु

  बुधबार १८, बैशाख २०८२ ०६:०५

धनगढी । सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहको मृत्यु भएको छ । मंगलबार दिउँसो अस्पतालको छतबाट हाम फालेका गोदावरी नगरपालिका-१ का सिंहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले सिंहको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको बताए । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । 

सोमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उनकि श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन् । 

श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए । प्रहरीले उनलाई छतमा चढेको देखेर वार्ड फर्किन आग्रह गरेको थियो तर हेर्दाहेर्दै उनले हाम फालेका थिए ।

clock बुधबार १८, बैशाख २०८२ ०६:०५

प्रतिक्रिया