राष्ट्रिय दलित पत्रकार संघ,नेपाल सुदूरपश्चिमको अध्यक्षमा विक निर्वाचित
धनगढी । राष्ट्रिय दलित पत्रकार संघ,नेपाल सुदूरपश्चिमको अध्यक्षमा हिमेश विक निर्वाचित भएका छन् ।
धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट विकको अध्यक्षतामा सुदूरपश्चिम दलित पत्रकार संघ गठन भएको हो ।
दलित पत्रकार संघको उपाध्यक्षमा सुरत सुनार र शोधा नेपाली, सचिवमा धनी कोली ,कोषाध्यक्षमा सरस्वती भूल र सह सचिव रवि ओड निर्वाचित भएको राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष सुप इन्चार्ज करन ताम्राकार जानकारी दिए ।
प्रतिक्रिया