भादामा सुदूरपश्चिम स्तरीय होमस्टे महोत्सव हुँदै
धनगढी । कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित होमस्टे गाउँ भादामा प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको हो । महोत्सव बैशाख १८ गतेदेखि २० गतेसम्म लाग्ने भएको छ ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग तथा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाको आयोजना महोत्सव आयोजना गरिन लागेको छ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार महोत्सवमा प्रत्येक दिन सुदूरपश्चिमका विभिन्न जातजाति तथा समुदायहरुको नाचगानसहितको झाँकी प्रस्तुती हुने भएको छ । साथै सुदूरपश्चिमका विभिन्न रैथाने परिकारको पनि प्रदर्शनी सँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने, थारु हस्तकलाको प्रदर्शनी हुनेलगायत गतिविधि सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
महोत्सवबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा होमस्टे महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष दिनेश दहितले प्रदेशभरिको होमस्टेकर्मी, अभियान्ताहरुको उपस्थिति रहने बताए । महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै महोत्सवमा एक लाख अवलोकनले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया