धनगढीमा बढ्यो वायु प्रदुषण बढ्दै, आज १७६ एक्युआई पुग्यो

  शुक्रबार १३, बैशाख २०८२ ०७:५०

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण बढ्न थालेको छ । शुक्रबार बिहान धनगढीको वायु प्रदुषणको मात्रा १७६ एक्युआई मापन गरिएको छ । 

एयर क्वालीटी इन्डेक्सकाअनुसार बिहान ६ बजेर ४५ मिनेटमा धनगढीको वायुको गुणस्तर १७६ एक्युआई मापन गरिएको छ । यो सबै उमेर समूहका लागि अस्वस्थकर हावा मानिन्छ । 

धनगढीपछि कञ्चनपुरको महेन्द्रनगरमा पनि प्रदुषण बढ्न थालेको छ । महेन्द्रनगरको हावाको गुणस्तरको मात्रा १०७ एक्युआई मापन गरिएको छ । यो संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ ।

clock शुक्रबार १३, बैशाख २०८२ ०७:५०

प्रतिक्रिया