कैलालीको खुटिया नदीमा डुबेर बालकको मृत्यु
धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा भेटिएका स्याउलेका जनक थापामगरका १० वर्षीय छोरा प्रविनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले डुबेको अवस्थामा उद्दार गरिएका बालकको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शव परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया