काठमाडौंबाट छुटेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते

  बिहिबार १२, बैशाख २०८२ ०८:४९

धनगढी । काठमाडौंबाट छुटेको बस कैलालीमा दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत काठमाडौंबाट बझाङतर्फ गइरहेको घोडाघोडी नगरपालिका-२ मा सुपप्र  ०१००१ ख ३३८५ नम्बरको बस बिहीबार बिहान दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस सुपप्र ०१००२ त ४६४० नम्बरको ट्याक्टरलाई ओभरट्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

clock बिहिबार १२, बैशाख २०८२ ०८:४९

प्रतिक्रिया