सुदूरपश्चिममा यो वर्ष छ दिन बिदा, कहिले–कहिले ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वर्ष २०८२ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८२ सालको सार्वजनिक बिदाहरूको सूची सार्वजनिक गरेको हो ।
०८१ चैत २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो । राजपत्रमा प्रकाशित उक्त बिदाको सुचीअनुसार छ दिन पर्व बिदा परेको छ ।
साउन २५ गते अट्वारी पर्व, भदौ १ गते ओल्के पर्व, भदौ १६ गते गौरा पर्व (नेपाल सरकारले गौरा पर्वमा दिएको बिदाबाहेक थप एक दिन), पुस ४ गते भुवा पर्व, पुस ३० गते जिता मर्ना पर्व र फागुन २६ गते खखडेहरा पर्वको बिदा दिइएको छ ।
प्रतिक्रिया