कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका– वडा नम्बर १० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना भएको खुलेको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनकाअनुसार राना मंगलबार बिहान साढे ४ कलकत्ता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ । उनी घटनास्थलमा जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् ।
नेपाल प्रहरीको धनगढीमा रहेको कुकुुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । उनले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने एसपी जोशीले बताए ।
प्रतिक्रिया