गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषधसहित धनगढीमा पक्राउ

  शुक्रबार ०६, बैशाख २०८२ १६:१५

धनगढी । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन् ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ । 

उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

clock शुक्रबार ०६, बैशाख २०८२ १६:१५

प्रतिक्रिया