कैलालीमा ४ वर्षीया नातीमाथि बाजेले गरे हँसिया प्रहार

  शुक्रबार ०६, बैशाख २०८२ ०९:२५

धनगढी । कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका-५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेको कोठमा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए ।

बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ ।

हँसिया प्रहार गर्ने अर्जुन कडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ ।

clock शुक्रबार ०६, बैशाख २०८२ ०९:२५

प्रतिक्रिया