कैलालीमा घराएसी विवादमा बुवा-छोराले विषादी सेवन गरेपछि.......

  शुक्रबार ०६, बैशाख २०८२ ०७:४०

धनगढी । कैलालीमा आपसी विवादको विषयलाई लिएर बुवा र छोराले एकसाथ विषादी सेवन गरेका छन् ।

शुक्रबार बिहान २ बजेको समयमा विवाद भएपछि लम्कीचुहा नगरपालिका(१० सिसैया बस्ने ५६ वर्षीय सन्तराम चौधरी र उनका २० वर्षीय छोरा श्याम चौधरीले किरा मार्ने विषादी सेवन गरेको प्रहरीले जनाएको छ  ।

उनीहरू दुवै जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था भने सामान्य रहेको छ ।

clock शुक्रबार ०६, बैशाख २०८२ ०७:४०

प्रतिक्रिया