अत्तरियामा कैनीको हत्या प्रकरण – सशस्त्रका भगौडाले पैषा र झोला चोरको भन्दै हत्या
धनगढी । कैलालीको अत्तरीया स्थित ईलाका प्रहरी कार्यालय अगाढी रहेको दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा लाई प्रहरीले सार्वजनिक गरेको छ । चैत्र २६ गते राती मन्दिरमा हत्या गरी फरार रहेका बैतडीको डिलाशैनी गाउँपालिका घर भएका बोहरालाई बिहिबार इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो । बोहराले कैनीको हत्या गरेको स्वीकार गरेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेर आएका व्यक्तिहुन् भने केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा कामगर्ने तथा सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा स्थायी घर भएका मृतक कैनी पनि केही समयदेखि दुर्गा मन्दिरमा बस्दै आएका थिए ।
यो घटनामा अनुसन्धानका लागि प्रहरीले माओवादीपूर्व लडाकु सहितका तीनजनालाई पनिपक्राउ गरेको थियो । सोधपुछका क्रममाशारीरीक रुपमाअपांग समेत रहेका माओवादीपूर्व लडाकुले कैनीको आफूले हत्या गरेको बयानदिएका थिए तर उनको बयानसँग सबुत प्रमाण नमिलिरहेको अवस्थामा बोहरा पक्राउ परेका थिए । हाल इप्रकाको नियन्त्रणमा रहेका उनीहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले प्रक्रिया पुगाएर छाड्ने तयारी गरेको छ ।
पैँसा र झोला चोरीका आशंकामा हत्या
गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिरको दक्षिणतर्फको जमिनमा २७ चैतको बिहानहत्या गरेको अवस्थामा पहिचान नखुलेको शव भेटिएको थियो । अनुसन्धानका क्रममा ३० चैतमा मात्र उनी डडेल्धुराको अमरगढी नगरपालिका–७को पोखराका ३५ वर्षीय जगदीश कैनीभएको खुलेको थियो । घरपरिवार देखि टाढा रहेका कैनी केही समयदेखि अत्तरिया क्षेत्रमा डुल्ने तथामागेर खाने गर्थे र दुर्गा मन्दिरमा बस्दै आएका थिए ।
प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरीले कैनीको टाउकोमा गहुंगो वस्तुले हिर्काएर हत्या गरेको निष्कर्ष निकालेपनि कसले हत्या गरेको हो ?भन्ने कुरा पत्तालगाउन सकेको थिएन । इलाकाप्रहरी कार्यालय मालाखेतीका प्रमुखप्रहरी नायबउपरीक्षक (डीएसपी) गंगाबहादुर थापाको नेतृत्वको टोलीले अनुसन्धान अघि बढायो । इलाका प्रहरीको टोलीलाई सघाउन प्रदेश प्रहरी कार्यालय धनगढी, नेपालप्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्लाप्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी के–९ शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो ।
कैनी सडकपेटीमा बस्दै आएका व्यक्तिभएको थाहा पाएपछि अत्तरिया क्षेत्रमामाग्दै हिड्ने व्यक्तिहरुको पहिचान गर्नमा प्रहरी केन्द्रीतभयो । सो क्रममा सडकमै माग्दै हिड्ने दुई जनापूर्व माओवादी लडाकु (महिला र पुरुष) सहित तीनजनालाई पक्राउ गरेको थियो । तीमध्येका लामा थरका पुरुषले त आफैले कैनीको हत्या गरेको बयान प्रहरीलाई दिएकाथिए ।
उनले श्रीमतीलाई जिस्काउने र शारीरिक रुपमा अपांग भनेर आफूलाई होच्याउने गरेकाले कैनीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको बयान दिएपनि सबुत प्रमाणसँग मिलिरहेको थिएन । त्यही बेलाउनीहरुसँगै सडक पेटीमा बस्दै आएकाएक जना घटना भएको दिनदेखि अत्तरिया क्षेत्र नदेखिएको खुल्यो ।
त्यसपछि प्रहरी घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरेर विश्लेषणमा जुट्यो । फुटेजमा मन्दिर परिसर भित्रप्रवेश गरेको तर बाहिर ननिस्किएका हुलिया र कपडा कैद भएको फेला पर्छ । सोही आधारमा प्रहरीले खोजतलास गर्ने क्रममाबुधबार घटनास्थल नजिकैको जमिनमा बसिरहेको अवस्थामा बैतडीको डिलासैनीका हेमन्त बोहरालाई पक्राउ गरेको जनाएको छ ।
इलाकाप्रहरी कार्यालय मालाखेतीका डीएसपी थापाका अनुसार उनी२६ चैतमा साँझ७ बजेर १३ मिनेटमा मन्दिर भित्र प्रवेश गरेको देखिएका छन् भने मृतक कैनी८ बजेर ५५ मिनेटमा मन्दिर भित्रप्रवेश गरेको तर बाहिर ननिस्किएको देखिन्छ । राति ९ बजेर ८ मिनेटमा बोहरा मन्दिर बाहिर आएर मदिरा लिएर ९ बजेर १३ मिनेटमा भित्रप्रवेश गरेको सीसीटीभी फुटेजमा कैद भएको छ ।
उनीमन्दिर भित्रमदिरा सेवन गरेर निदाउँछन् । राति२ बजे निन्द्राबाट ब्युँझिदा खल्तीमा भएको पैँसाभेटिदैन् । त्यो बेला मृतक कैनी पनि उनको छेउमै सुतिरहेका हुन्छन् । ३ चैतको राति सोहीमन्दिरमा सुतेका बेलाउनको झोला समेत चोरी भएको थियो । पैँसा र झोला छेउमा सुतिरहेका कैनीले चोरेको हुनसक्ने आशंका बोहरालाई लाग्छ । र आवेशमा आएर उनी सुतिरहेकै अवस्थामा टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेकाथिए । हत्यापछि शवलाई घिर्सादै बोहराले मन्दिरको दक्षिणतर्फ फालेर भागेको बयान प्रहरीलाई दिएका छन् ।
त्यसपछि अत्तरियाबाट भागेर धनगढीको चौलानी होटलमा पुगेर २७ चैतदेखि काम गरेको खुलेको छ । उनीबुधबार घर जाने भन्दै होटलसँग दुई हजार रुपैयाँमागेर विदामा गएका थिए । तर बोहरा घर नगएर अत्तरियाकै दुर्गा मन्दिर गएकाथिए । प्रहरीले दुर्गा मन्दिर नजिकैबाट उनलाई पक्राउ गरेको थियो । बोहराले ८ वर्ष सशस्त्र प्रहरीमा जागिर गरेकाथिए । डीएसपी थापाले बोहरा विरुद्ध ज्यान सम्बन्धी कसुरमामुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन् ।
प्रतिक्रिया