केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट ?

  बिहिबार ०५, बैशाख २०८२ १३:४०

धनगढी । कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ अन्तर्गत समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गरिएको छ।

निर्वाचन समितिका अनुसार नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै ४ सिट प्राप्त गर्दै अग्रस्थानमा रहेको छ।

त्यसैगरी, अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान २–२ सिट जितेका छन् भने स्वतन्त्र विद्यार्थी एकता समूहले १ सिटमा सिमित भएको छ।

निर्वाचन समितिले २०७८ चैत २७ गते सम्पन्न मतदान तथा चैत २८ गते पेस भएको उम्मेदवार सूचीको आधारमा सिट संख्या निर्धारण गरेको हो।

अब यी सिट अनुसार प्रतिनिधि पठाउने अन्तिम नामावली वैशाख ४ गते साँझ ५ बजेसम्म निर्वाचन समितिमा बुझाउन सूचनामा भनिएको छ।

clock बिहिबार ०५, बैशाख २०८२ १३:४०

प्रतिक्रिया