गोदावरीमा अवैध उत्खनन गर्ने मेसिन र मान्छे मेयरको निर्देशनमा निशर्त छाडिए

  बिहिबार ०५, बैशाख २०८२ ०६:५१

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको खैराना खोलामा धमाधम अवैध रुपमा उत्खनन भैरहेकोमा जफत गरिएका मेसिनहरु निशर्त छोडिएको छ। अस्ति आइतबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ गोगन बहादुर हमालसहितको टोलीले प्रहरी लगाई जफत गरेका मेसिनहरु छाडिएको हो।

हमालसहितको टोलीले अनुगमन गर्दा अवैध उत्खनन भैरहेको भेटिएकोमा केही मेसिन र मानिस नियन्त्रणमा लिइएको थियो। तर ठेकेदार, क्रसर र मेयर वीरेन्द्र भट्टको मिलेमतोमा कारबाही ९जरिवाना० नै नगरी प्रहरी कार्यालयबाट मेसिनहरु छुटाइएको हो।

नियन्त्रणमा लिइएका मापदण्डविपरीत उत्खनन गर्दै रोयल्टी उठाउणे जेसिबी र टिप्परलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट मेयरको निर्देशनमा छाडिएको हो। मेयरले जरिवाना नै नगरी जेसिबी र टिप्पर छोड्न पत्र लेखी पठाएपछि छाडिएको त्यहाँका प्रहरी प्रमुख डीएसपी गङ्गा थापाले बताए। उनका अनुसार नगरपालिकाको पत्रानुसार मेसिनहरु र गाडी छाडिएको हो।

खैरानाबाट ठेकेदारको बदमासीपछि २ वटा २ जेसिबी र एउटा टिप्परसहित मान्छे पनि समातिएका थिए। तर अन्यत्र कारबाही गर्दै जरिवाना गर्ने मेयर र नगरपालिकाले भने उनीहरूलाई छुट दिएको हो। जसले मेयरको ठेकेदारसँग सेटिङ रहेको स्पस्ट हुन्छ। उसो त मेयर आफैंले खैरानामा अवैध रुपमा जेसिबी प्रयोग गरेर आईईईविपरीत काम गर्ने ठेकेदार चिरञ्जीवी भट्ट र त्यहाँ रोयल्टी उठाउन प्रयोग हुने क्रसरका गाडी आफ्नै केटाहरुको भएको बताउने गरेका छन्।

स्रोतका अनुसार अवैध उत्खननमा प्रयोग भएका जेसिबी र टिप्पर भने गोदावारीकै श्रीपुर क्रसरका हुन्। सो क्रसरले विगत देखि नै रोयल्टी सम्बन्धि अवैध धन्दा गर्दै आएको छ। जसले मेयर भट्टसँग सेटिङ गरेकोमा उन्मुक्ति पाउदै आएको छ।

अवैध उत्खनन गर्ने ठेकेदार र क्रसरले नगरपालिका र मेयर भट्टसँग मिलेमतो गरेर सो काम गरिरहेको भएपनी कुनै निकायबाट कारबाही हुन सकेको छैन।

clock बिहिबार ०५, बैशाख २०८२ ०६:५१

प्रतिक्रिया