कैलालीमा नहरमा बेपत्ता बालिकाको शव भेटियो
धनगढी । कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ ।
लम्कीचुहा नगरपालिका-३ को बल्चौर सोमबार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
वादीको शव विद्युत इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ । उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ ।
प्रतिक्रिया