पहिलो पटक बैतडीको दशरथ चन्द नगरपालिका द्धारा नगर बस सञ्चालन

  मङ्गलबार ०३, बैशाख २०८२ ०७:५६

बैतडीे । बैतडीमा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ । सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको तेस्रो स्थापना दिवस तथा २९ औँ वार्षिकोत्सवका अवसरमा नगरप्रमुख पुष्करराज जोशी (लख्खाभइ) आफैँले बस चलाएर उद्घाटन गरे । ४९ लाखमा खरिद गरिएको ३२ जनाको सिट क्षमता रहेको नगर बसमा सिसी क्यामरा, वाइफाई, पङ्खा र जिपिएस जडान गरिएको छ ।  

विसं २०५४ चैत २४ गते स्थापना भएको दशरथ चन्द नगरपालिका देशका पुराना ५८ नगरपालिकामध्ये एक हो । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ सालमा पुष्करराज जोशी नगर बस सञ्चालन गर्ने चुनावी घोषणापत्र लिएर निर्वाचित हुनुभएको थियो । जनतासँग गरेको चुनावी वाचा अनुसार नगर बस सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको उहाँले बताए ।

 कार्यविधि बनाएर नगर बस सञ्चालनमा ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । बैतडीमा दशरथ चन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । यीमध्ये दशरथ चन्दले पहिलो पटक नगर बस सञ्चालन गरेको छ । नगर बस सेवाको औपचारिक रूपमा उद्घाटन भए पनि नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताए । 

उनले भने, “सतबाँझ–चौराहबाट झुलाघाट नाकासम्म बस सञ्चालन हुने छ । नगर बस सञ्चालन हुँदा भारतबाट त्रिपुरासुन्दरी र निङ्लासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाई समेत सहज हुने छ ।

clock मङ्गलबार ०३, बैशाख २०८२ ०७:५६

प्रतिक्रिया