नयाँ वर्षमा चिसापानी घुम्ने पर्यटकको घुइँचो

  सोमबार ०२, बैशाख २०८२ १४:३७

धनगढी । कैलालीका पर्यटकीय स्थल चिसापानीमा पर्यटकको घुइँचो लागेको छ। सोमबार नयाँ वर्षको अवसरमा कर्णाली–चिसापानी पुलमा पर्यटकको भीडभाड बढेको हो। 

कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष रुपमा मनाउन विभिन्न क्षेत्रबाट पर्यटकहरु त्यहाँ पुगेका छन्। सोही कारण चिसापानी बजार र कर्णाली पुलमा आन्तरिक पर्यटकले भरिभराउ रहेको छ।

कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन्। ती कुराको मजा लिन धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका जिल्लाबाट आन्तरिक पर्यटक चिसापानीमा पुग्ने गरेका छन्।

clock सोमबार ०२, बैशाख २०८२ १४:३७

प्रतिक्रिया