कैलालीमा २० लाखको चोरीको ब्रेजा कार बरामद
धनगढी । कैलालीमा झन्डै २० लाख मूल्य पर्ने चोरीको ब्रेजा कार बरामद गरिएको छ ।
गत २६ चैतमा भजनी नगरपालिका–५ लालबोझीमा प्रहरीले बा। प्र। ०१–०२६ च७९९४ नम्बर टासेको ब्रेजा कार शंकास्पद रुपमा फेला पारेको थियो ।
यातायात कार्यालयमा बुझ्दा उक्त नम्बरको कारको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएको पाइएपछि कार चोरीको भएको पुष्टि भएको थियो । उक्त कारलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।
प्रतिक्रिया