दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

  सोमबार ०२, बैशाख २०८२ ०७:५४

धनगढी । दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको ट्याङकरको ठक्कर दिदा सोही ठाउँका ५५ वर्षीय हरीसिह एैरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको हो । चालक संखुवासभा घर भएका सुरत तामाङ र ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

clock सोमबार ०२, बैशाख २०८२ ०७:५४

प्रतिक्रिया