गोदावरीका अनिलले आफ्नै घरमा आगो लगाएपछि......
धनगढी । कैलालीको गोदावरीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् ।
गोदावरी नगरपालिका–६ को चौधरी टोल बस्ने २७ वर्षीय अनिलबहादुर चौधरीले शनिबार आफ्नै टिनले छाएको एकतले घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ ।
प्रहरीकाअनुसार घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिएपनि उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ ।
प्रतिक्रिया