प्रहरी कार्यालय अगाढी मृत भेटीएका पुरुषको पहिचान खुल्यो
धनगढी । कैलालीको गोदावरी नगरपालिका १ को अत्तरियामा भेटिएको शवको पहिचान खुलेको छ ।
दुर्गा मन्दिरको पछाडि हत्या गरेको अवस्थामा फेला परेको शव डडेल्धुराको अमरगढी नगरपालिकन ७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया