कैलालीकाे कान्द्रा नदीमा डुबेर बालककाे मृत्यु

  शनिबार ३०, चैत २०८१ ०८:५०

धनगढी । कैलालीमा नदीमा डुबेर बालककाे मृत्युु भएकाे छ ।

घाेडाघाेडी नगरपालिका-११ काे सिसैयामा कान्द्रा नदीमा डुबेर साेही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतकाे शव फेला परेकाे बताए ।

उनकाे शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

clock शनिबार ३०, चैत २०८१ ०८:५०

प्रतिक्रिया