धनगढीकाे भाटभटेनी नजिकैकाे हाेटल सुपमा प्रहरीकाे छापा, १३ जना जुवाडे पक्राउ
धनगढी । धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका -३ काे भाटभटेनी सुपर मार्केट नजिकै रहेकाे सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएकाे कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले बताए ।
पक्राउ पर्नेमा हाेटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनाेज चन्द, झलक रावल, धर्म राेकाया, मिनबहादुर चन्द, घाेडाघाेडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेकाे डीएसपी बाेहराले बताए ।
यस्तै बझाङकाे छविस पाथिभेरा गाउँपालिका- २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका -१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ ।
उनीहरूकाे साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा माेटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएकाेछ ।
सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया