सेती नदीमा डुबेर डोटीको शिखरका एक जना बेपत्ता

  शुक्रबार २९, चैत २०८१ ०८:५५

डोटी । बिहीबार साँझ सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्लाको शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

clock शुक्रबार २९, चैत २०८१ ०८:५५

प्रतिक्रिया