धनगढीको तारानगरबाट ३३ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ३३ ग्राम लागुऔषधसहित युवक पक्राउ परेका छन् ।
गएराति साढे ८ बजे धनगढी उपमहानगरपालिका ५ तारानगरबाट २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।
उनको साथबाट ३३ दशमलव १० ग्राम ब्राउन सुगर बरामद गरिएको छ । शाहलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया