कञ्चनपुरमा भारतीय नम्बरको कारले ठक्कर दिँदा २ जना घाइते

  आइतबार ११, फागुन २०८१ ०७:०८

महेन्द्रनगर । कञ्चनपुरमा भारतीय नम्बरको कारले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको युके ०४ ए एफ ५९४३ भारतीय नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो।

दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोल बस्ने वर्ष ३५ का केशव सुनार र महेन्द्रनगर बजारबाट घर फर्कदै गरेकी साइकल यात्रु भीमदत्त नगरपालिका ५ बैजनाथ टोल बस्ने वर्ष १५ की प्रतिज्ञा लुहार घाईते भएका छन् ।

कार चालक भीमदत्त नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ५० का चालक ५० वर्षीय कमल गुरुङ सामान्य घाइते भएका छन्। घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

clock आइतबार ११, फागुन २०८१ ०७:०८

प्रतिक्रिया