दार्चुलामा ६ अर्ब लागतको जलविद्युत् आयोजना शिलान्यास

  आइतबार ११, फागुन २०८१ ०६:४३

दार्चुला । दार्चुलाको ६ अर्ब २३ करोड ६२ लाख लागतको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिका–२ लाम्बगरमा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको हो ।

दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको शनिवार एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।

जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।

शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्व मन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रमसिंह धामी समेत सहभागी थिए ।

clock आइतबार ११, फागुन २०८१ ०६:४३

प्रतिक्रिया