१२ वर्षपछि भारतबाट समातिएका कुख्यात सिंह काठमाडौँको कारागार चलान

  आइतबार ०४, फागुन २०८१ ०७:१३

धनगढी । कैलाली प्रहरीले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा भागेको १२ वर्षपछि पक्राउ गरेका देवसिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई काठमाडौँ कारागार पठाएको छ ।

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेर हालै भारतबाट पक्राउ गरिएका सिंहलाई शनिबार काठमाडौँको सुन्धरामा रहेको जगन्नाथ देवल कारागार पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले गोदावरी नगरपालिका–११ ओलानीका सिंहलाई कैलाली कारागारबाट स्थानान्तरण गरेर जगन्नाथ देवल कारागार पठाइएको बताए ।

उनलाई श्रीएयरलाइन्सको विमानबाट काठमाडौँ लगिएको हो । २४ फागुन २०६४ मा गोदावरी नगरपालिका– ७ बस्ने भक्तबहादुर भन्ने बमबहादुर साउदको सिंहले गोली प्रहार गरी हत्या गरेका थिए । सोही मुद्दामा जिल्ला अदालतले २७ मंसिर २०६७ मा ११ असार २०६६ देखि लागु हुने गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

कैलाली कारागारमा कैद भुुक्तान गरिरहेको अवस्थामा सिंह २२ साउन २०६९ मा भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले सिंहलाई १२ वर्षपछि २९ माघमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको थियो ।

१२ वर्षदेखि भारतमा लुकेर बसेका सिंह चोरी मुद्दामा एक हप्ता अगाडी मात्र धरौटीमा छुुटेका थिए । उक्त सूचनाका आधारमा कैलाली प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । स्रोतकाअनुसार सिंहलाई प्रहरीले भारतको दिल्लीबाटै पक्राउ गरेर ल्याएको थियो ।

प्रहरीकाअनुसार सिंह साउँदको हत्या मुुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेको अवस्था भागेपनि उनीमाथि अन्य मुद्दामा पनि छन् । सिंहले साविकको गोदावरी गा।वि।स–६ बस्ने तेज बहादुर बडैला र मोहन सिंह बडैलासँग मिलेर २ असोज २०६२ मा मानबहादुुर सुनारको हत्या गरेको मुद्दा दर्ता भएको थियो ।

तर उक्त मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयबाट मिसिल फिर्ता भएर पेश हुन बाँकी रहेको छ । यस्तै सिंहमाथि धनगढी–१ फुलबारी बस्ने सोभान टमटाको जाहेरीले अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धकको मुद्दा समेत लागेको थियो । उनले हातहतियार खरखजना मुद्दामा पनि एक वर्ष कैद भोगिसकेका छन् । कैलाली कारागारबाट भागेपछि भारतमा लुकेका सिंहले उता पनि लुटपाट तथा चोरीका काण्ड गरेको सुरक्षा स्रोत बताउँछ ।

clock आइतबार ०४, फागुन २०८१ ०७:१३

प्रतिक्रिया