नवजीवन सहकारी संस्थाका अध्यक्ष बम सम्मानित
धनगढी । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम प्रेरणादायी युवा उद्यमी सम्मान २०८१ बाट सम्मानित भएका छन् । धनगढी – ५ मा रहेको चैतन्य पाठशालाले अध्यक्ष बमलाई प्रेरणादायी युवा उद्यमी सम्मानबाट सम्मानित गरेको हो ।
चैतन्य पाठशालाको बार्षिकोउत्सव कार्यक्रममा सुदूरपश्चिम सरकारका पुर्बमन्त्रि माननीय प्रकाश देउवाले वमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन ।
उनलाई व्याबसायका माध्यमबाट समाजसेवाका साथै सहकारी संस्थाको नेतृत्व गर्दै समुदायमा आर्थिक स्तर सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै चैतन्य पाठशालाले सम्मान गरेको हो ।
प्रतिक्रिया