डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन्।
उनी अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार दिउँसो मृत फेला परेका हुन्। अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको पुष्टि गरे। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया