धनगढी–११ मा सेहरी-जोकैया पुलको शिलान्यास
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर – ११ मा सेहरी–जोकैया मोटरेबल पुलको शिलान्यास गरिएको छ। शुक्रवार वडा अध्यक्ष रुपबहादुर कुँवरले पुलको शिलान्यास गरेका हुन्।
नगरप्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, वडा नम्बर ७ का अध्यक्ष मोति राना, वडा नम्बर १५ का अध्यक्ष सुकदेव राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती, डिभिजनल इन्जिनियर दिजराज भट्टसहितको उपस्थितिमा वडा अध्यक्ष कुँवरले पुलको शिलान्यास गरेका हुन्।
शिवशक्ति/ बेरीटेक/ आरसी जेभी, धनगढीले पुल निर्माणको ठेक्का पाएको हो। पुल निर्माणको सम्झौता पुस २६ गते भएको हो भने २०८३ पुस २५ गते पुल निर्माणको काम सम्पन्न गरिने सम्झौतामा उल्लेख छ।
पुलको लागत अनुमान ५ करोड ४५ लाख ४ हजार ५२७ रुपैयाँरहेकोमा निर्माण कम्पनीले ३ करोड ७१ लाख २९ हजार १९० रुपैयाँ २६ पैसामा ठेक्का सम्झौता गरेको हो। मोटरेबल पुल निर्माण भएपछि सेहरी र जोकैयाबिचको आवतजावत सहज हुने छ।
प्रतिक्रिया