कैलालीको राजीपुरमा रहेको पुजा होटलबाट धनगढीकी शान्ति सहित ३ जना पक्राउ

  शनिबार ०४, फागुन २०८१ ०७:२०

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ को राजीपुरमा रहेको पुजा होटलमा यौन धन्दा हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले शुक्रबार होटलमा छापा हानेपछि उक्त होटलमा यौन धन्दा जस्ता अनैतिक क्रियाकलपा हुने गरेको पाइएको हो ।

यौन धन्दामा संलग्न जोडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बताए ।

पक्राउ पर्नेमा होटल सञ्चालक गौरीगंगाका कर्ण, गौरीगंगाका हरी  र धनगढी उपमहानगरपालिकाकी शान्ति  रहेको डीएसपी बोहराले बताए ।

उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार ०४, फागुन २०८१ ०७:२०

प्रतिक्रिया