हिमालयन गौरीशंकर डेन्टलद्वारा मानव सेवा आश्रमको भवन निर्माणका लागि एक लाख सहयोग
धनगढी । धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले मानव सेवा आश्रम कैलाली शाखाको भवन निर्माणका लागि एक लाख सहयोग गरेको छ।
सञ्चालक विमल चौधरी एसके र रतन एसकेले भवन निर्माणका लागि एक लाख एक हजार पाँच रुपैया सहयोग गरेका हुन्। धनगढीमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ का अवसर पारेर उनीहरूले सहयोग गरेका हुन्।
सहयोग गर्ने एसके परिवारलाई मानव सेवा आश्रम कैलालीले सम्मान पत्र प्रदान गरेको छ। मानव सेवा आश्रम कैलालीले माघ २३ गतेदेखि ३० गतेसम्म महायज्ञ आयोजना गरिरहेको छ।
महायज्ञबाट संकलित रकम मानवीय स्मारक भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ।
प्रतिक्रिया