कैलालीको राजीपुरबाट ९ जुवाडे पक्राउ

  बुधबार ०१, फागुन २०८१ ०७:३४

धनगढी । कैलालीबाट प्रहरीले ९ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरबाट ९ जुवाडे पक्राउ परेका हुन ।

घरमा जुवा तास भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका केसीसहितका ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले जुवाडेहरूको साथबाट ७४ हजार नगद बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

clock बुधबार ०१, फागुन २०८१ ०७:३४

प्रतिक्रिया