बझाङमा यार्सा सङ्कलक बिच ‘ग्याँङ फाइट’, दुई जना प्रहरीको नियन्त्रणमा

  आइतबार १४, जेठ २०८० ०९:१४

धनगढी । बझाङमा यार्सा सङ्कलक बिच ग्याँङ फाइट भएको छ। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको हो। 

बझाङ प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो। 

झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

clock आइतबार १४, जेठ २०८० ०९:१४

प्रतिक्रिया