डडेल्धुरामा जिपको ढोकाबाट खसेर बुवा–छोरा घाइते
धनगढी । डडेल्धुराको अजयमेरू गाउँपालिकामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्।
गएराति ११ बजे अजयमेरू गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०४००१ च ०००८ नम्बरको बोलेरो जिपको ढोकाबाट खसेर बुवा–छोरा घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बैतडीको पाटन नगरपालिका–१ का ५३ वर्षीय गणेश दमाई र उनका छोरा ५ वर्षीय प्रशान्त दमाई रहेको प्रहरीले जनाएको छ।
उनीहरू दुवै जना जिप चलिरहेको अवस्थामा अचानक ढोका खुल्दा खसेका थिए। दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
जिप र चालक पाटन नगरपालिका–१ का २० वर्षीय रोशनसिंह बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया